+
+

गर्मी बढेपछि चितवनमा घटे पर्यटक

रासस रासस
२०८१ जेठ २८ गते १५:५९

२८ जेठ, नारायणगढ (चितवन) । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । ‘काम विशेषले आउने पाहुना मात्र हुनुहुन्छ, घुम्न आउने हुनुहुन्न’, उनले भने ।

भट्टका अनुसार पछिल्ला दिनमा यहाँ आएका पर्यटक गत वर्ष भन्दा कम हो । पर्यटक घट्नुको प्रमुख कारण गर्मी मौसम भएको उनको अनुमान छ ।

विगतमा कोरोना र आर्थिक मन्दिले थला परेको होटल व्यवसायलाई भरतपुर भ्रमण वर्षले केही राहत मिलेको भट्टले बताए । ‘भ्रमण वर्षलाई लक्षित गरेर यहाँ विभिन्न राष्ट्रियस्तरका सभा, सेमिनार तथा कार्यक्रम भएका छन् । जसले गर्दा हामी व्यवसायीमा केही आशा पलाएको छ’, उनले भने ।

जिल्लाभित्रका छ सय ३१ वटा होटल सङ्घमा नवीकरण भएका छन् । रेस्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष ध्रुव गिरीले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य सौराहामा हाल पर्यटकको सङ्ख्यामा गिरावट आएको बताए । ‘हिजो आज सौराहा सुनसान छ पर्यटक एकदमै कम छन्’, उनले भने ।

यो समयमा सौराहका होटलमा पाँच प्रतिशत पनि पाहुना नभएको उनले जानकारी दिए । उनले गर्मी भए पनि यस क्षेत्रमा उच्चस्तरीय सेवा सहितका होटल हुँदा घुम्न आउने पर्यटकलाई गर्मीको महसुस नहुनेगरी सेवा दिन व्यवसायी तयार रहेको बताए ।

चितवनमा हात्ती तथा जिप सफारीको क्षेत्रमा काम गर्दै आउनुभएका पर्यटनकर्मी रमेश दवाडीले वर्षायाममा पर्यटक स्वतः घट्ने बताए । नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बर्षा लागेसँगै क्रमशः मोटरबोट बन्द हुने बेला भएको बताए । ‘मनसुन सुरु हुन लागेको छ । अब बाढीको डर हुन्छ हामी निर्णय गरेर मोटरबोट बन्द गर्छौ ।’ उनले चितवनमा बाहिर हल्ला भए जत्तिको गर्मी नभएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?