+
+

सांसद देवकोटाले फ्लोर क्रस गर्ने माओवादीभित्र आशंका

चुमानले भने : नेसपा हाम्रै संसदीय दलभित्र छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १६:०७

२८ जेठ, पोखरा । नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकीका नेता हरिबहादुर चुमानले यसपटक सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन सकिन्न भनेर विपक्षमा मत हाल्न ह्वीप जारी गरिएको बताएका छन् । त्यो संसदीय दलका सबै सदस्यमा लागु हुने चुमानले बताएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्दै चुमानले नेपाल समाजवादी पार्टी माओवादीभन्दा बाहिर रहेको र संसदीय दलभन्दा बाहिर नरहेको बताएका छन् ।

माओवादी चुनाव चिह्नबाट विजयी नेसपाका सांसद फणिन्द्र देवकोटाले आफू माओवादीभन्दा अलग्गै रहेको बताइरहेका छन् भने देवकोटाले फ्लोर क्रस गर्ने संकेतपछि नै मुख्यमन्त्री पाण्डेले विश्वास मत लिने निश्कर्षमा पुगेका हुन् ।

माओवादी नेता चुमानले संविधानको धारा १६८ (५) मै पुगेर एउटा सहमति बन्छ भन्ने आफूले चाहेको बताए । संसद विघटन गर्न कसैले नचाहेकाले अहिलेकोभन्दा अलि ठूलो घेरामा बसेर छलफल गर्न आफूले चाहेका बताएका हुन् ।

कतिपय जटिलताको निरुपणका लागि पटक पटक सर्वोच्च अदालत जानुपर्ने स्थिति आउने पनि चुमानले बताएका छन् । जोर संख्या भएको प्रदेशमा सभामुखले आफ्नो मताधिकार प्रयोग गर्नै नपाउने स्थिति बनिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?