+

खेलकुदमन्त्री सुर्खेतमा, दशौं राष्ट्रिय खेलकुदका संरचनाको निरीक्षण गर्दै

२०८१ जेठ  २८ गते १६:१९ २०८१ जेठ २८ गते १६:१९
खेलकुदमन्त्री सुर्खेतमा, दशौं राष्ट्रिय खेलकुदका संरचनाको निरीक्षण गर्दै

२८ जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सोमबार कर्णालीको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन हुने वीरेन्द्रनगरस्थित रङ्गशाला, पौडी पोखरी, नवनिर्मित कभर्ड हल, ब्याडमिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै प्रगति विवरणको बारेमा उनले जानकारी लिएका हुन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले पूर्वाधारको अवस्थाको बारेमा जानकारी गराएका हुन् ।

रङ्गशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र सेन्थेटिक ट्रयाक बाहेक सबै काम सकिने सञ्ज्यालले बताए । बनिरहेका अन्य संरचनाहरू पनि समयमा नै बनिसक्ने उनले जानकारी गराए ।

रंगशाला लगायत क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल कोर्ट, रग्बि मैदान, फुटबल मैदान, ह्याण्डबल, स्क्वास कोर्ट, पौडी पोखरी जस्ता करिब एक दर्जन नयाँ खेलकुद संरचना अहिले निर्माण भइरहेको छ ।

निरीक्षण पश्चात युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले तोकिएकै समयमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने जानकारी दिए । प्रतियोगितामा आवास नै प्रमुख चुनौती हुन सक्ने भन्दै उनले यसमा योजना बनाएर काम गर्नुपर्ने धारणा राखे ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले सम्भावित खेल हुने स्थानको बारेमा पनि जानकारी गराएको छ । विभिन्न नौ जिल्लामा ३० खेल खेलाइने र ६ खेल भने कर्णालीमा खेलाउन नसक्ने कर्णाली प्रदेश खेलकुद विकास परिषदले जानकारी गराएको छ ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३६ खेलमध्ये लन टेनिस, सुटिङ, जिम्नास्टिक, सफ्ट टेनिस, ट्रायथलन र गल्फको कुनै पनि पूर्वाधार कर्णालीमा नभएकाले यी खेल अन्यत्रै खेलाउनुपर्ने परिषदको भनाइ छ ।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ सुर्खेत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय