+
+

पूर्वमुख्यमन्त्री अधिकारीले भनेः संसदमा अर्को विकृति नदोहोरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १६:२५

२८ जेठ, पोखरा । एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले २०५१ सालपछिजस्तो एउटा दलमा रहेर अर्को दललाई भोट हाल्ने चर्चा भइरहेकोप्रति सचेत गराएका छन् ।

अधिकारीले दलसम्बन्धी प्रवन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने ऐनले प्रष्ट गरेकाले पद र सत्ताका लागि जे पनि गर्ने विकृतितिर जान नहुने बताए । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्दै अधिकारीले यस्तो बताएका हुन् ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाप्रति संकेत गर्दै अधिकारीले सत्ताको लागि जे पनि नगर्न आग्रह गरे । यदि विकृति र विसंगतिबाहेकको काम हुन्छ भने एमालेले पनि समर्थन गर्न तयार रहेको बताएका छन्। तर, विसंगतिपूर्ण काम हुन्छ भने त्यो राम्रो नहुने अधिकारीले बताए ।

भोलि एउटामात्र सांसदले समर्थन फिर्ता लिएर फेरि विश्वासको मत लिनुपर्ने भएकाले ख्याल गर्न आग्रह गरे । दलीय व्यवस्थालाई सार्वभौम संसदले मूल्यका साथ राख्न सकेन भने ठूलो व्यंग्य हुने अधिकारीले बताए ।

प्रदेश आफैं हिँड्न सक्ने अवस्थामा नपुगेको तर ४ पटक फेरबदल भएको अधिकारीको भनाइ थियो । अब फेरबदल नहोस् भने पनि फेरि फेरबदल हुन सक्ने अधिकारीले बताए । अधिकारीले सुरेन्द्रराजलाई अहिले नदिएर उपधारा ५ बमोजिम विश्वासको मत दिने दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?