+
+

लगातारको ज्यान मार्ने धम्कीबीच ‘सिकन्दर’को सुटिङ गर्दै सलमान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १६:२६
हालै ‘सिकन्दर’ फिल्मको छायांकन सेट भ्रमण गर्दै अभिनेता सलमान खान ।

काठमाडौं । लगातार ज्यान मार्ने धम्कीका बीच बलिउड अभिनेता सलमान खानले जुन १८ बाट मुम्बईमा आफ्नो आगामी फिल्म ‘सिकन्दर’ को छायांकन सुरु गर्दैछन् ।

यो फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री रश्मिका मन्दाना देखिने भएकी छन् । पहिलो सेड्युलमा उनले आफ्ना केही दृश्य पनि खिच्नेछिन् ।

यो समय तालिकामा निर्माताले एरियल-एक्सनका दृश्य छायांकन गर्ने योजना बनाएको छ । एआर मुरुगादासले निर्देशन गर्ने यो फिल्म आगामी वर्षको इदमा रिलिज हुँदैछ ।

पछिल्लो ३ महिनामा सलमानमाथि दुईपटक आक्रमणका प्रयास भएका छन् । यसअघि १४ अप्रिलमा उनको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टमा बिहान ५ बजे गोली प्रहार भएको थियो ।

मेको अन्त्यमा, नवी मुम्बई प्रहरीले पनवेलमा सलमानको कारमा हमला गर्ने योजना बनाएका लरेन्स बिश्नोईको गिरोहका चार जनालाई पक्राउ गरेको थियो ।

यस्तो अवस्थामा सलमानका लागि मुम्बईमा नै फेरि सुटिङ सुरु गर्नु महत्वपूर्ण कुरा हो । छायांकन सेटमा कलाकारका लागि कडा सुरक्षाको प्रबन्ध गरिने निर्माताको तयारी छ ।

यसबीचमा सलमानले दुई पटक विदेश भ्रमण पनि गरिसकेका छन् । यसअघि उनी गोलीकाण्ड भएको ५ दिनपछि एक कार्यक्रममा सहभागी हुन दुबई पुगेका थिए । हालै उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि–वेडिङ समारोहमा सहभागी हुन युरोप गएका थिए ।

फिल्म ‘सिकन्दर’मा खलनायकको रोलमा साउथका चर्चित अभिनेता सत्यराजले अभिनय गर्ने निश्चित छ । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निर्वाह गरेका थिए ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले यसअघि ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकन्दर’भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?