+
+

काठमाडौंको फेसन रनवेमा राजेश हमालदेखि तारा सुतरियासम्म (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १७:३६

काठमाडौं । केही दिनअघि काठमाडौंमा टीजआइएफ फेसन सप्ताहको आयोजना गरियो । अभिनेता राजेश हमालदेखि बलिउड अभिनेत्री तारा सुतरिया उक्त इभेन्टमा आकर्षण बने ।

पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, अभिनेता प्रदीप खड्का, अभिनेत्री स्वस्तिमा खड्का, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, आना शर्मा, प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, शिल्पा मास्केले रनवेमा देखिए ।

शिवांगी प्रधानको पहिरनमा ‘स्टुडेन्ट अफ द इयर २’ फेम्ड अभिनेत्री तारा सुतरिया रनवेमा प्रस्तुत भएकी थिइन् । अभिनेता हमाल हुबाको लेदर पहिरनमा आकर्षक रुपमा प्रस्तुत भए ।

अभिनेत्री साम्राज्ञी डिजाइनर प्रधानकै लेहेंगामा प्रस्तुत भएकी थिइन् । स्वस्तिमा मिनल एण्ड दीपाको डिजाइनमा प्रस्तुत थिइन् । प्रियंका र आयुष्मान प्रियान्शी जलनको डिजाइनरमा रनवेमा हिँडे ।

अभिनेता प्रदीप खड्का राइनो हाइवेको डिजाइनमा प्रस्तुत भएका थिए ।

\

तस्वीरहरु : न्यूड सुपेरियर भोड्काको फेसबुक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?