+
+

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १८:०४

२८ जेठ, धनगढी ।  सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजि मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

मुख्‍यमन्त्री दीर्घबहादुर सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका थिए ।

यस्तै एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तको भने मन्त्रालय तोकिएको छैन ।

स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेका थिए ।

सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए । तर, स्वतन्त्र सांसद जोशीले मन्त्री पद अस्वीकार गरेका थिए ।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्‍यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?