+
+

विदेश पढ्न जानेले १० महिनामा लगे १ खर्ब

पर्यटक बढ्दा भ्रमण आय ६९ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १८:१३

२८ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक अध्ययनमा जानेले १ खर्ब नेपाली रुपैयाँभन्दा धेरैको विदेशी मुद्रा सटही गरेका छन् ।

वैदेशिक अध्ययनमा जानेले गर्ने खर्च रकमसँगै भ्रमण व्यय गत वर्षको तलुनामा ४४ अर्बभन्दा धेरैले वृद्धि हुँदा पनि खुद सेवा आय घाटा घटेको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकसँग सूचना प्रविधि निर्यात मार्फत हुने आयको यकिन तथ्यांक नभएपनि सूचना प्रविधि निर्यातमा भएको वृद्धिदर पर्यटन आय उल्लेख्य रुपमा वृद्धि हुँदा खुद सेवा आया घटेको हो ।

सेवा खाता अन्तर्गत चालु आवको वैशाखसम्म भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रहेको थियो ।

यस अवधिमा शिक्षा क्षेत्रमा भएको खर्चमा उच्च वृद्धि हुँदा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३९.५ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय मात्रै १ खर्ब ४ अर्ब २५ करोड पुगेको छ ।

गत आवको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १२ अर्ब  ५२ करोड थियो भने शिक्षातर्फको ७५ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?