+
+

विराटनगरमा ट्यांकर र भ्यान दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १८:३१

२८ जेठ, विराटनगर। पेट्रोल बोक्ने ट्यांकर र म्याजिक भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ दूध फारममा प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक भ्यान ना ७ ख १८७६ नम्बरको ट्यांकरसँग ठोक्किएको थियो ।

सोमबार दिउँसो भएको दुर्घटनामा परी म्याजिक चालक सुनसरीको इटहरी उपमहानगरपालिका-१७ का ३० वर्षीय तिलक साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

डीएसपी बस्‍नेतका अनुसार दुर्घटनामा गम्भीर घाइते साहलाई उपचारका लागि विराटनगरकै गोल्डेन अस्पताल लगिएको थियो। उपचारका क्रममा दिउँसो ४:४५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।

दुर्घटनामा विराटनगर महानगरपालिका-६ का ३६ वर्षीय शंकरप्रसाद शर्मा, ३५ वर्षीय मुन्नाकुमार दास, सुनसरीको दुहवी नगरपालिका-२ की ४० वर्षीया सविना खातुन, मोरङको रंगेली नगरपालिका-८ का २४ वर्षीय अमित सरदार र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ का २२ वर्षीय सजिन मगर घाइते भएका छन् । उनीहरु सबै खतारामुक्त छन् ।

दुर्घटनापछि ट्यांकर चालक सप्तरीको हनुमाननगरका ३६ वर्षीय सञ्जय ठाकुरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?