+
+

महोत्तरीमा युवकमाथि गोली हानेर सिक्री लुटपाट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १९:३२

२८ जेठ, महोत्तरी। महोत्तरीमा एक युवकमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट गरिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-११ भरतपुर बस्ने ३० वर्षीय मुरारी भनिने विनय कुमार महतोमाथि मरहा खोलामा आज साँझ ६ बजे गोली प्रहार गरी सुनको सिक्री लुटपाट गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले बताए ।

डीएसपी जयसवालका अनुसार कम्मरमा गोली लागेर घाइते भएका उनलाई उपचारको लागि जनकपुर ल्याएको छ ।

यता, गौशाला बजार जाँदै गर्दा मरहा खोलामा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरेको स्थानीयले बताएका छन् ।

घटनास्थलमा दुईवटा गोली भेटिएको छ ।  गोली प्रहार गर्नेको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?