+
+

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते ९:३९

२९ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्याण्डको जेनेभा जाँदैछन् ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी आज साँझ जेनेभा प्रस्थान गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेलले बुधबार स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग भेटवार्ता गर्नेछन् त्यसको भोलिपल्ट ३१ ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन सत्रलाईसम्बोधन गर्नेछन् ।

असार १ गते उनले जर्मनी भ्रमण गर्नेछन् । जर्मनीको बर्लिनमा असार ३ गते त्यहाँका राष्ट्रपति फ्र्यांक वाल्टर स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्ने कार्यतालिका छ ।

राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?