+
+

बारा र पर्साका हावाहुरी पीडितलाई राहत दिन माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १२:०३

२९ जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बारा र पर्साका हावाहुरी पीडितलाई राहत दिन सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जेठ २५ गते बारा र पर्सामा भीषण हावाहुरी गएको बताए ।

‘भीषण हावाहुरीले बारा क्षेत्रमा कैयौं घर उडाएको छ । दर्जनौं घाइते भएका छन् । आँप र लिचीका रुखहरू ढलेका छन् । किसान मर्कामा छन् । राहतको कुनै चाँजोपाँजो सुनेका छैनौं । पीडितहरूले राहत पाउन्’ साहले भने ।

भत्केका घर पुनर्निर्माण गर्न, फलफूल र खाद्यान्न नष्टको क्षतिपूर्तिको व्यवस्था गर्न पनि उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?