+
+

युट्युब प्र्याकस्टारले युरोपेली संसदको चुनाव जितेर सबैलाई बनाए चकित

भन्छन्- पार्टीहरुले यसलाई चेतावनीको रुपमा लिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १२:१९

काठमाडौं । विश्वचर्चित युट्युब प्र्यांकस्टार स्वतन्त्र सांसदको रुपमा युरोपेली संसदमा निर्वाचित भएका छन् । साइप्रसका २४ वर्षीय युट्युबर फिदियास पानायोटोउले चुनाव जितेर सबैलाई चकित तुल्याएको बीबीसीले जनाएको छ ।

उनले आफूलाई यसअघि ‘प्रोफेसन मिस्टेक मेकर’को रुपमा चिनाउँदै आएका थिए । उनले यसअघि एलन मस्कसहित १०० जना सेलिब्रेटीलाई अँगालो हाल्ने र कफिनमा एक साता बिताउने अनौठो घोषणा गरेर चर्चामा आएका थिए ।

यी प्र्यांकस्टारलाई २.६ मिलियनले युट्युबमा पछ्याएका छन् भने उनीसँग राजनीतिक अनुभव पनि छैन । युरोपेली संसदको चुनावमा १९.४ प्रतिशत भोट ल्याउँदै उनी तेस्रो सर्वाधिक मत ल्याउने सांसद समेत बने ।

‘मेरा लागि यो आश्चर्य थियो, चमत्कार भयो,’ पानायोटोउले बीबीसीसँग भनेका छन् ।

उनले राज्य प्रसारक साइबीसीसँग भने, ‘पार्टीहरूले यसलाई चेतावनीको रूपमा लिनुपर्छ । कि उनीहरुले आधुनिकतालाई पछ्याउँदै जनताको कुरा सुन्नुपर्छ ।’

गत वर्ष पनायोटोउले रेल भाडा र पाँचतारे होटेलको ब्रेकफास्ट बिलले आफू चकित परेको भन्दै युट्युबमा भिडियो सार्वजनिक गरेका थिए । यो भिडियोले जापानमा आक्रोश जन्मायो र उनले पछि माफी मागे ।

आइतबार उनले टापुको राजधानी निकोसियाको एलेफ्थेरिया स्क्वायरमा भेला भएर आफ्नो जितको खुसी साटे । उनले भने, ‘हामी इतिहास लेखिरहेका छौं । साइप्रसमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा नै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?