+
+

खेलकुदमन्त्री संसदमा नगएपछि मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाट हट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १२:३२
फाइल तस्वीर ।

२९ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको खोजी भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्री अनुपस्थित रहेपछि उनको खोजी भएको हो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेटमाथिको छलफल सुरु भएलगत्तै सम्बन्धित मन्त्री अनिवार्य रुपमा उपस्थित हुनुपर्ने भनेर माग राखेका हुन् ।

खेलकुदमन्त्री अनुपस्थित रहेपछि मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाटै हटाइएको छ ।

सभामुख देवराज घिमिरेले युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफल गर्ने कार्यसूची नै हटाइदिएका हुन् ।

‘माननीय सदस्यहरू आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी विनियोजन शिर्षकहरुमाथिको छलफल कार्यसूचीबाट हटाइएको जानकारी गराउँछु’ सभामुख घिमिरेले भने । त्यसपछि बाँकी मन्त्रालयगत बजेटमाथि छलफल अगाडि बढ्यो ।

मंगलबार चारवटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । युवा तथा खेलकुद मन्त्रालयको हट्यो ।

बाँकी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?