
२९ जेठ, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा सामूहिक लगानी योजना (म्युचुअल फन्ड) को ‘लकइन पिरियड’ १० असारमा खुल्ने भएको छ ।
११ पुस २०८० मा कम्पनीले साधारण सेयर जारी गरेको र सामूहिक लगानी कोष नियमावली अनुसार ६ महिनासम्म सामूहिक लगानी कोषलाई जारी गरेको सेयरमा लकइन रहने व्यवस्था छ ।
सोही अनुसार १० असारदेखि सामूहिक लगानी कोषलाई आरक्षित गरिएको कम्पनीको सेयरको लकइन अवधि सकिने र सेयर कारोबार खुल्ने भएको हो ।
आईपीओ जारी गर्दा सार्वजनिक निष्कासन गर्ने सेयरको ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याउनुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4