
२९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समूहगत छलफल सुरु भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनउपर छलफल गर्न प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको हो ।
प्रत्येक समूहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूहमा १२० जना प्रतिनिधि रहेका छन् ।
महाधिवेशनमा नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । सोमबार जनकपुरमा जसपा नेपालको महाधिवेशन सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4