+

यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा

२०८१ जेठ  २९ गते १६:१९ २०८१ जेठ २९ गते १६:१९
यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा

२९ जेठ, पोखरा । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको संयुक्त आयोजनामा हुने यू-१५ विद्यालयक खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

पहिलो पटक हुन लागेको यू-१५ विद्यालय खेलकुद प्रतियोगिगता यही जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । ‘विद्यालय बाटै खेलकुदको विकास गर्ने लक्ष्यसहित पहिलो पटक यू१५ विद्यालयक खेलकुद हुन लागेको छ । यसको सबै तयारी पूरा भएको छ । ब्याडमिन्टनको इभेन्टहरु आजै देखि सुरु भइसकेको छ ।’ सहआयोजक समेत रहेका प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव शर्माले पत्रकार सम्मेलनमा भने ।

प्रतियोगितामा सातवटै प्रदेशका खेलाडी सहभागि हुनेछन् । जसमा हरेक प्रदेशबाट कूल ७६ खेलाडी, ८ प्रशिक्षक र ६ व्यवस्थापक गरी ९० जना सहभागि हुनेछन् । कूल ६३० जना सहभागि हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभिन्न ६ खेलहरु समावेश गरिएका छन् । जसअन्तर्गत एथ्लेटिक्स, बास्केटबल, रग्वी, ब्याडमिन्टन, टेबल टेनिस र चेसमा प्रतिस्पर्धा हुनेछ । ६ वटै खेलको छात्र र छात्र दुवैमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो पटक भएको ६ खेललाई मात्र समावेश गरिएको र आगामी वर्षहरुमा यसलाई बढाउदै लैजाने शर्माले जानकार दिए ।

यस्तै प्रतियोगिता आयोजक कमिटीका सदस्य राज कुमार कार्कीले ओलम्पिकमा खेलिने खेल र विद्यालयमा स्तरमा पनि खेलिने खेल र राष्ट्रपति रनिङ शिल्डमा समावेश खेल बाहेक अन्य खेलललाई पनि प्रबर्धन गर्नुपर्ने भएकोले अहिले ६ खेल छनोट गरिएको बताए । ‘फादर अफ स्पोर्ट्स एथ्लेटिक्स मुख्य खेल भएकोले समावेश गर्नुपर्‍यो ।

ओलम्पिकमा समावेश हुने गेमहरु, राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका बाहेक अरु खेललाई पनि आयोजना गर्नुपर्छ भन्ने योजना अनुसार अहिले हामीले छलफल गरेर नै ६ खेल राखेका हौँ ।’

नेपाल विद्यालयक खेलकुद महासंघका महासचिव समेत रहेका कार्कीले स्कुल स्तर देखि नै खेलकुद प्रतियोगिता आयोजना गर्दा खेलकुदको जग बलियो र यहीँबाट भविष्यमा ओलम्पियन जन्मने आशा व्यक्त गरे ।

एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सटपुट, लङजम्प र ४ गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी पाँच-पाँच इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

बास्केटलबल र रग्वीमा छात्र र छात्राको टिम इभेन्टमा खेल हुनेछ । यस्तै बुद्धिचालमा पनि टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

एथ्लेटिक्समा छात्र र छात्रा दुवैमा ६-६, ब्याडमिन्टनमा र टेबलटेनिसमा छात्र र छात्रा ४-४, बुद्धिचालमा ४ खेलाडी सहभागि हुनेछन् । यस्तै रग्वीमा र बास्केटबलमा छात्र र छात्रामा १०-१० खेलाडी सहभागि हुनेछन् ।

रग्वी र बास्केटबलमा समान २ तथा बाँकी चार खेलमा समान १ प्रशिक्षक हुनेछन् ।

प्रतियोगिता अन्तर्गत सबै खेलहरु पोखरा रंगशालामा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन बुधबार दिउँसो ३ बजे हुने प्रदेश परिषद गण्डकीका सदस्य सचिव शर्माले जानकारी दिए ।

प्रतियोगिताको लागि कूल १ करोड ८२ लाख बजेट छुट्याइएको छ । जसमा १ करोड ५० लाख राष्ट्रिय खेलकुद परिषद र ३२ लाख प्रदेश खेलकुद परिषद गण्डकीले बेहवर्ने शर्माले जानकारी दिए ।

खेलकुद प्रतियोगिता यू-१५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय