
काठमाडौं । प्राइम भिडियोको चर्चित सिरिज ‘मिर्जापुर ३’ को रिलिज मितिको प्रतीक्षा सकिएको छ । यो श्रृंखला २१ असार (जुलाई ५) मा दर्शकमाझ आउनेछ । रिलिज मितिसँगै निर्माताले टिजर पनि सार्वजनिक गरेका छन् ।
यसपटकको कथा थप डरलाग्दो तर दमदार हुने जनाइएको छ । यो कुरा मंगलबार सार्वजनिक गरिएको टिजरबाट अनुमान लगाउन सकिन्छ । तर प्रश्न उठ्छ- के दर्शकले तेस्रो सिजनबाट आफ्ना जिज्ञासा शान्त पार्न सक्छन् ?
मिर्जापुर सिरिजमा पनि नियम उस्तै छन् । यसपटक मिर्जापुरको राजगद्दी कसले लिन्छ भन्ने प्रश्न थप रोचक बनेको छ । के कालिन भैया पूर्णरुपमा फर्किन्छन् कि मुन्ना भैयाका छोराले मिर्जापुरको गद्दी सम्हाल्छन् ? दर्शकमा कौतुहलता छ ।
सिजन २ मा गुड्डु पण्डितले कालिन भैया र मुन्ना भैयालाई गोली हानेको देखाइएको थियो । गोली लागेर घाइते भएका कालिन भैयाको के हुन्छ भनेर दर्शकले चासो दिएका छन् ।
शरद् शुक्लाले किन बचाए कालिन भैयालाई ? यस सिजनमा दिव्येन्दु शर्मा नदेखिने चर्चा धेरै छ । रिलिज भएको टिजरमा पनि उनी छैनन् । तर टिजरमा कालिन भैयाको झलक देखिएको छ । तेस्रो सिजनमा उनीहरू कस्ता नयाँ कुरा लिएर आउँछन् त्यो हेर्न रोचक हुनेछ ।
टिजर हेरेपछि प्रश्न उठ्छ– के यस पटक महिलाले कमान्ड सम्हाल्नेछिन् ? मिर्जापुर सिरिज एक्सेल मिडिया एण्ड इन्टरटेनमेन्टले निर्माण गरेको हो । यो क्राइम थ्रिलर सिरिजलाई गुरमीत सिंह र आनन्द अय्यरले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4