+

भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्स सुरु

२०८१ जेठ  २९ गते १८:३० २०८१ जेठ २९ गते १८:३०
भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्स सुरु

२९ जेठ, काठमाडौं । भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स मंगलबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा सुरु भएको कार्यक्रम पहिलो चरणको कोर्स हो ।

यस कार्यक्रममा सहभागी हुनेले भारोत्तोलनको प्रशिक्षणसम्बन्धी जानकारी पाउने छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गरे । त्यस अवसरमा कमिटीका प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद डोपिङबारे सचेत हुन पर्नेमा जोड दिंदै शक्ति दिने प्रतिबन्धित औषधिको प्रयोगलले खेलाडीको जीवनमा प्रतिकूल प्रभाव पार्ने बताए ।

यस्तै उनले आफ्नै देशमा हुने यस्तो कार्यक्रममा सहभागी हुनेले बढीभन्दा बढी सिक्ने अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रम पाँच दिनसम्म चल्ने छ । कार्यक्रकमा कोर्स निदेशकको भूमिकामा ३० वर्षीय सर्बियाली एरभिन रोज्सयाानिक रहेका छन् ।

भारोत्तोलन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय