
२९ जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पा जिल्लालाई छान्न माग गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
‘म नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु– गाँजा खेतीको लागि उपयुक्त हावापानी र भूगोलको हिसाबले रोल्पा एकदमै उपयोगी जिल्ला हो । यसकारण गाँजा खेतीको पाइलट प्रोजेक्टको रूपमा रोल्पा जिल्लालाई छानियोस्,’ उनले भनिन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीलाई वैधानिकता दिनेबारे कानुन बनाउने उल्लेख छ । चालु आर्थिक वर्षको बजेटमा पनि यो विषय आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4