+

राष्ट्रिय सुटिङ प्रतियोगिता सुरु

२०८१ जेठ  ३० गते ६:२३ २०८१ जेठ ३० गते ६:२३
राष्ट्रिय सुटिङ प्रतियोगिता सुरु

३० जेठ, काठमाडौं । नेपाल सुटिङ संघको आयोजनामा २६औं पुरुष तथा २५ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता मंगलबारदेखि  सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा सुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

तीनदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीका ४७ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव प्रदीप खातीले जनाएका छन् ।

एयर राइफल र एयर पेस्तोलको व्यक्तिगत र मिक्स टिम गरी ६ स्पर्धामा खेल भइरहेको छ ।

सुटिङ सुटिङ प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय