+
+

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते ६:२८

३० जेठ, म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।

बेनी बजारदेखि १२.५ किलोमिटर मङ्गला गाउँपालिका-२ सिमसम्म कालोपत्र गरिएको छ ।

सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत– बाबियाचौर-लाम्पाटा- पानाबगर हुँदै रणवाङको सिमानासम्म पुर्‍याएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।

चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?