+
+

सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकता छानबिन गर्न सांसद पन्तको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १२:०४

३० जेठ, काठमाडौं । सरकारी कर्मचारीसँग पीआर र दोहोरो नागरिकता भएको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अल्मलिएको बताए ।

अख्तियारले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता रहेको र यस सम्बन्धमा छानबिन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको तर प्रधानमन्त्री कार्यालयबाट अगाडि नबढेको भन्दै उनले प्रश्न उठाएका हुन् ।

‘…कोको हुन् ? केही विशिष्ठ श्रेणीका कर्मचारी पनि त्यसमा छन रे । नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को हुनुहुँदो रहेछ त्यो हामीले चिन्न पाउनुपर्‍यो । छिटो कारबाही गरेर संसद्लाई जानकारी दिइयोस्,’ सांसद पन्तले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?