+
+

अर्थ मन्त्रालय प्रशासन महाशाखामा सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १३:०४

३० जेठ, काठमाडौं । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाई प्रदान गरिएको छ ।

यसअघि महाशाखा प्रमुख रहेको डा. टोकराज पाण्डेलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा आएका सापकोटालाई कुनै जिम्मेवारी दिइएको थिएन ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबारदेखि उनलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।

प्रशासन प्रमुखबाट हटाइएका डा. पाण्डे अर्थ मन्त्रालयमै छन् तर उनलाई जिम्मेवारी नतोकिएको मन्त्रालय स्रोतले जनाएको छ ।

सापकोटा यसअघि भन्सार विभागको महानिर्देशक तथा राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत थिए । उनले भरतपुर महानगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा पनि काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?