+
+

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १३:२६

३० जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा उनले महिला उत्थान कार्यक्रमको नाममा भएको भ्रष्टाचारका कारण राष्ट्रपतिको बद्‌नाम भएकाले उक्त कार्यक्रम खारेज गर्न आवश्यक रहेको बताएका हुन् ।

सुवालले उक्त कार्यक्रम खारेज गरी दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती र सुत्केरीको हवाई उद्वार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिन माग गरेका हुन् ।

उनले पछाडि पारिएका महिलालाई प्राथमिकतामा राखेर शिक्षा र स्वास्थ्य सेवा निःशुल्क तथा रोजगारीको व्यवस्था गरेर मात्रै सरकारी कार्यालयको अडिट गराउनुपर्ने बताए ।

सुवालले महिलाको पाठेघरको क्यान्सर रोक्ने खोप देशभर उपलब्ध गराउन मागसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?