+

न्यूजिल्याण्डलाई दोस्रो खेलमै विश्वकपबाट आउट हुने डर

२०८१ जेठ  ३० गते १३:३८ २०८१ जेठ ३० गते १३:३८
न्यूजिल्याण्डलाई दोस्रो खेलमै विश्वकपबाट आउट हुने डर

३० जेठ, काठमाडौं । सन् २०१५ देखि न्यूजिल्याण्ड क्रिकेटका हरेक विश्वकपको सेमिफाइनलमा पुग्ने टिम हो । २०१५, २०१९ र २०२३ को एकदिवसीय तथा २०१६, २०२१ र २०२२ को टी–२० विश्वकपमा न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्यो । त्यसमध्ये तीन वटामा फाइनलमा पनि पुग्यो, तर कहिल्यै उपाधि जित्न सकेन ।

तर २०२४ को टी–२० विश्वकपमा भने जम्मा एक खेल खेल्दा नै प्रतियोगिताबाट बाहिरिने खतरा बढेको छ । पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनको हार व्यहोरेको न्यूजिल्याण्डले भोलि बिहीबार विहान वेष्ट इण्डिजसँग खेल्दैछ, जुन खेल उसका लागि नकआउट जस्तै छ ।

वार्मअप म्याच खेल्न अस्वीकार गरेको अफगानिस्तानविरुद्ध न्यूजिल्याण्ड ब्याटिङका साथै फिल्डिङमा पनि कमजोर देखिएको थियो ।

वेष्ट इण्डिज पनि प्रतियोगिताको सुरुवातमा लडखडाएको जस्तो देखिएको थियो । पपुवा न्यूगिनीले दिएको १३७ रनको लक्ष्य भेट्टाउन उसलाई १९ ओभर लागेको थियो ।

तर अर्को खेलमा लयमा फर्कियो र युगाण्डालाई ३९ रनमा अलआउट गर्दै १३४ रनको जित निकाल्यो । अब न्यूजिल्याण्डलाई हरायो भने समूह सीबाट सुपर ८ मा पुग्ने पहिलो टिम बन्ने छ ।

वेष्टइण्डिजलाई थाहा छ कि यो प्रतियोगितामा अहिलेसम्मको सबभन्दा कठीन प्रतिस्पर्धी हुनेछ । तर कप्तान रोभम्यान पावेल भन्छन्, ‘यदि न्यूजिल्याण्डसँग खेल्ने कुनै सही समय छ भने त्यही अहिले हो ।’

यो खेलमा वेष्ट इण्डिजका रोष्टन चेज महत्वपूर्ण खेलाडी साबित हुन सक्छन् । हुन त उनले जम्मा १५ टी–२० आई खेलेका छन्, तर विश्वकपको लो स्कोरिङ पिच हेर्दा किफायती अफस्पिनका कारण उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

वर्ष २०२४ मा पाँच टी–२० म्याच खेलेका चेजले १५४.७८ को स्ट्राइक रेटमा १७८ रन बनाएका छन् र ५.९२ को इकोनोमीमा चार विकेट लिएका छन् ।

अफगानिस्तानविरुद्धको खेलमा न्यूजिल्याण्डको कमजोरी केन विलियम्सनको आउटमा भन्दा बढी राम्रोसँग अरुमा देखिन्न । राखिद खानको बललाई उनले सिधा स्लीपमा रहेका नाबीको हातमा दिएका थिए ।

पछिल्लो दुई टी–२० मा विश्वकप र यो विश्वकपको बीचमा उनले जम्मा ८ टी–२० खेलेका छन् । आईपीएल २०२४ मा गुजरात टाइटन्समा आवद्ध भएका उनले जम्मा २ खेलमा अवसर पाए । किनकी उनी पावर हिटिङ टी–२० ब्याट्सम्यान होइनन् ।

तर विश्वकपमा भने पिचका कारण न्यूजिल्याण्डको टिममा उनी महत्वपूर्ण हुनसक्छन् । भोलिको खेलमा वेष्ट इण्डिजले आफ्नो जितिरहेको टिमलाई निरन्तरता दिने सम्भावना छ ।

न्यूजिल्याण्डको टिममा भने केही परिर्वतन हुनसक्छ । मार्क च्यापम्यानको स्थानमा जेम्स निसम र म्याट ह्यानरीको स्थानमा इस सोढी खेल्ने सम्भावना छ ।

ट्रिनिडाडमा यो टी–२० विश्वकपको पहिलो खेल हो, किनकी २०१० को विश्वकपमा एउटा पनि खेल यहाँ भएन । त्यसैले भोलि वेष्ट इण्डिज र न्यूजिल्याण्डबीच हुने खेलमा घरेलु समर्थकको संख्या उल्लेख्य हुने अनुमान पनि छ ।

मौसम  : भारी वर्षा भएका कारण बुधबार वेष्ट इण्डिज टिमले आफ्नो अभ्यास स्थगित गर्नुपर्‍यो भने न्यूजिल्याण्डले पनि कम गरेको थियो । तर खेलको दिन पानी पर्ने पूर्वानुमान छैन ।

क्रिकइन्फोको सहयोगमा

क्रिकेट टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय