+
+

सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन पढ्न सरकारलाई जीवन परियारको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १३:४०

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले फजुल खर्च घटाउन सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन पढ्न सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभामा खर्च कटौतीको छलफलमा बोल्ने क्रममा परियारले डिल्लीराज खनाल नेतृत्वको आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नसमेत सरकारसँग माग गरे ।

उनले खरिद प्रक्रिया, ठेक्का प्रक्रिया, खर्च गर्ने प्रक्रिया, संस्थाहरू खारेज तथा गाभ्न आयोगले दिएका सुझाव कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

परियारले फजुल खर्च घटाउनका लागि महँगा गाडी खरिद गर्न नहुनेप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । ‘सरकारी प्रत्येक कार्यालयले अब सवारीसाधन किन्दा ईभी गाडी किन्छौं भन्नुपर्‍यो,’ परियारले भने, ‘सरकारले महँगा–महँगा गाडी किनेर फजुल खर्च गरिरहेको छ ।’

जनताको समस्यासँग भन्दा पनि नेता, मन्त्रालयका कर्मचारी केन्द्रित भएर बजेट बन्ने गरेको उनले सुनाए । हचुवा र पहुँचको आधारमा बजेट छुट्याउने गरिएको भन्दै परियारले आयोजना उपयुक्त हुने/नहुने अनुसन्धानका आधारमा छनोट गरिनुपर्ने बताए ।

एउटै शीर्षकबाट हुनसक्ने खर्चलाई शीर्षक बढाएर रकम वृद्धि गर्दै जाने र रकमको सही सदुपयोग नहुने विगतदेखिको परम्परा हाल पनि कायम रहेको परियारको भनाइ छ ।

वित्तीय अनुशासन कायम हुन नसके जतिसुकै राम्रो बजेट ल्याए पनि कार्यान्वयन हुन नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?