+
+

सांसद अमरेश सिंहको सुझाव : शहरी विकासको नाम मन्त्री विकास मन्त्रालय राखे हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १३:५५

३० जेठ, काठमाडौं। स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिएका छन् ।

बधबार प्रतिनिधिसभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले भने, ‘शहरी विकास मन्त्रालयलाई मन्त्री विकास मन्त्रालय लेखे हुन्छ । १० हजार जनसंख्या भएको डोल्पामा तीन पानाको योजना लैजानुभएको छ । ‘

उनले मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने प्रथा अन्त्य गर्न आवश्यक रहेको बताए। उनले मन्त्रीले आफूखुशी बजेट विनियोजन गर्ने व्यक्तिगत सम्पत्ति नभएको भन्दै त्यस्तो गर्न नमिल्ने बताए ।

‘मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने उहाँहरुको निजी सम्पत्ति होइन । जनताले तिरेको कर बाट बनेको बजेट हो ।’ उनले भने ।

सांसद सिंहले १० हजार जनसंख्या भएको डोल्पामा तीन पानाको योजना लगिएको आफ्नो क्षेत्रमा एउटा पनि योजना नदिएको भन्दै असन्तुष्टि जनाए । उनले १ लाखमा स्मार्ट सिटी बनाउने मन्त्री आफूले दुनियाँमा नदेखेको बताए । उनले रातभरी गुगलमा खोज्दा समेत नभेटाएको बताए ।

उनले भने, ‘ १० हजार जनसंख्या भएको डोल्पामा तीन पानाको योजना लैजानुभएको छ । यस्ता मन्त्री मैले दुनियाँमा देखेको छैन। उनका १ लाखका योजना सय करोड छ । १ लाख रुपैयाँमा कस्तो स्मार्टसिटी बन्छ । कुनै एउटा भू–भागलाई बजेट दिँदै नदिने ? मधेसमा कति बजेट दिनुभएको छ । मेरो क्षेत्रमा एउटा पनि योजना परेन ।’

उनले सहरी विकास मन्त्रीले अमेरिका जापानले समेत नसकेको काम १ लाखमा स्मार्ट सिटी बनाउने योजना ल्याएको बताए । उनले १ लाख रुपैयाँमा कस्तो स्मार्टसिटी बन्छ संसदीय टोली बनाएर मन्त्रीले डोल्पामा बनाएको स्मार्ट सिटी अवलोकन गर्न जान आवश्यक रहेको बताए ।

‘रातभरी गुगलमा खोजे,सुशिल कोइराला प्रधानमन्त्री भएको पालादेखि स्मार्ट सिटीको कन्सेप्ट आएको थियो। सहरी विकास मन्त्रीले अमेरिका,जापानले समेत नसकेको काम १ लाखमा स्मार्ट सिटी बनाउने  योजना ल्याउनुभयो,’ उनले भने, ‘यसबारेमा  संसदीय टोली बनाएर स्मार्ट सिटी अवलोकन गर्न आवश्यक छ।’

उनले यसरी बजेट विनियोजन गर्नु बजेटको बरबादी भएको भन्दै आफ्नो हातमा भयो भन्दैमा मन्त्रीले जे पनि गर्न नमिल्ने बताए । उनले बजेट र विकास मन्त्री वा सांसदको लागि मात्रै नभएर देश जनताको लागि भएको बताए । उनले मधेसलाई बजेट विनियोजन अहिले पनि मन्त्रालयगत रुपमा नपरेको बताए ।

उनले भने, ‘कुनै एउटा भू–भागलाई बजेट दिँदै नदिने ? मधेसमा कति बजेट दिनुभएको छ । मेरो क्षेत्रमा एउटा पनि योजना परेन । मेरो साथी रक्षा मन्त्री हुनुहुन्छ उहाँको क्षेत्रमा पर्‍यो । उहाँले फेसबुकमा हालिदिनु भएछ मेरो क्षेत्रमा यो योजना छ । मेरो जनताले दबाब दिइरहेका छन् । तपाईको क्षेत्रमा केके छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?