+
+

माओवादी सांसदले भने : प्रधानमन्त्री र अर्थमन्त्रीको भनाइ र गराइ मिलेन

शहरी विकास मन्त्रालयमा ५ लाखका १७७, १ लाखका ९१ वटा योजना

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १४:१६

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले साना आयोजना संघीय सरकारको बजेटमा राख्नु बेठीक भएको बताएका छन् ।

तीन करोड भन्दा साना योजना नराख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनको प्रतिवद्धता बजेट आएसँगै खण्डित हुन पुगेको भन्दै उनले प्रश्न उठाएका हुन् ।

बुधबार प्रतिनिधि सभामा सहरी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीले तीन करोड र पाँच करोड भन्दा तलका आयोजना संघमा नराख्ने भनेको झलभली सम्झिरहेको बताए ।

शहरी विकास मन्त्रालयको बजेट ९१ अर्ब ३५ करोडको छ । यो मन्त्रालयको बजेटको पुस्तक २९६ पेजको छ । त्यसमा साना आयोजनाहरु प्रशस्तै रहेको सांसद घर्तीले बताए ।

उनका अनुसार शहरी विकास मन्त्रालयको बजेटमा पाँच लाख बराबरमा १७७ वटा योजना छन् । तीन लाखका २४ वटा योजना छन् । एक लाखका ९१ वटा योजना छ । सांसद घर्ती थप्छन्, ‘हाम्रो भनाइ र गराइमा मिलिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?