+
+

स्नातक चौथो वर्षको प्रश्नपत्र अङ्ग्रेजीमा, त्रिवि भन्छ– आगामी परीक्षादेखि दुवै भाषामा सोधिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १५:००

३० जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सञ्चालन गरिरहेको स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिएको छ ।

१५ चैतमा बसेको विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयका सबै संकायको स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गरेको थियो ।

उक्त बैठकले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने र क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा कार्यान्वन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय नबुझ्दा २९ जेठदेखि सुरु भएको ४ वर्षे स्नातक तह बीए चौथो वर्षका विद्यार्थीले सामाजिक सञ्जालमा अन्योल व्यक्त गरिरहेको त्रिविले प्रतिक्रिया दिएको छ ।

त्रिवि रजिष्ट्रार प्रा.डा. केदार रिजाल भन्छन् ‘अब यो वर्ष हुने स्नातक तहको पहिलो वर्षको परीक्षादेखि लागू हुने भनिएको हो । तर बुझाइ फरक पर्न जाँदा विद्यार्थी अलमलमा परेको देखिन्छ ।’

परीक्षाको पहिलो दिन नेपाल अध्ययन विषयको परीक्षा भएको थियो । जुन विषयको प्रश्नपत्र त्रिविले अङ्ग्रेजीमा सोधेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?