+
+

जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवीयता देखायो : सांसद कंसाकार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १४:४७

३० जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवीयता भएको बताएकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानवीय पीडालाई सम्बोधन नगर्ने ? काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ? यस्तो संवेदनशील विषय बजेटमा नसमेट्नु लज्जास्पत मात्रै नभएर अमानवियता हो ।’

उनले सरकारले बजेटमा जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन् ।  ‘सरकारले जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट गर्दछु।  ‘ उनले भनिन् ।

उनले जलनबाट घाइते हुनेहरुको सख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालकालिका तथा ज्येष्ठ नागरिकको सख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि जनाइन् ।

उनले जलन मानवको सृष्टिसँग  सुरू भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भए पनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको बताइन् । उनले आफैले जलनको पीडा भोगेकाले त्यसको पीडा शब्दमा वर्णन गर्न नसक्ने बताइन् ।

‘जलनबाट घाइते हुनेहरुको संख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालकालिका तथा जेष्ठ नागरिकको सख्या धेरै छ । जलन मानवको सृष्टिसँगै शुरु भएको दुर्घटना परम्परा हो । कहिलेकाहीं अपराध मार्फत पनि हुन्छ तर अधिकांश जलन दुर्घटनाबाट हुन्छ । त्यसको पीडा शब्दमा वर्णन गर्न सकिँदैन । आफैले जलनको पीडा भोगेकाले राम्रोसँग बुझेको छु । ‘ उनले भनिन् ।

उनले प्रधानमन्त्रीले सदनमा सयौं पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भने पनि बजेटको प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुःखी तुल्याएको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीले सदनमा सयौं पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भनेको तर बजेटका त्यो प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दु:खी तुल्याएको छ ।’

उनले सरकारका अस्पतालहरुमा जलन कक्ष भए पनि प्रर्याप्त नभएको बताइन् । जलनको उपचार धेरै महँगो भएकाले जलन दुर्घटनामा मुत्यु हुने भुईमान्छेहरु धेरै रहेको उनको भनाइ थियो ।

‘जलनको उपचार धेरै महँगो छ । जलन दुर्घटनामा मुत्यु हुने भुईमान्छेहरु धेरै छन् । अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानवीय पीडालाई सम्बोधन नगर्ने ?’ उनले भनिन् ।

उनले अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानविय पीडालाई सम्बोधन नगर्ने  र काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ? भन्दै प्रश्न गरिन् । उनले भनिन्,  ‘अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानवीय पीडालाई सम्बोधन नगर्ने ? काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?