
३० जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपाली सेनालाई विकासमा लगाउन सकिने तर ठेक्का नै उसले लगाउने विषयमा सोच्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘सेनालाई हामीले विकासमा लगाउन सक्छौं । लगाएकै छौं । तर उसैले ठेक्का लगाउने हो भने सडक डिभिजन र आर्मीमा के फरक भयो ? ठेकेदारमार्फत नै गर्ने हो भने सेनामार्फत किन गराउने ?’
नेपाली सेना सम्मानित संस्था भएको उल्लेख गर्दै साहले भने ‘सेनाको हैसियत नघटाऔं ।’
सेनालाई आधुनिक बनाउन आवश्यक रहेको र यसका लागि सरकारले स्पष्ट नीति लिनुपर्ने साहको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4