+
+

ब्रो बेकरीको नयाँ आउटलेट बालुवाटारमा   

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १६:२६

काठमाडौं । स्वादिलो बेकरी परिकारले ग्राहकलाई आकर्षित गरिरहेको ब्रो बेकरीले बालुवाटार चण्डोलमा नयाँ आउटलेट बिस्तार गरेको छ । कुकिज, केक, कपकेक जस्ता बेकरीका सम्पूर्ण परिकार यहाँ उपलब्ध हुने सञ्चालक विनोद ओझाले बताए ।

बेलायतबाट फर्किएका ओझाले सन् २०११ मा बेकरी उद्यम सुरु गरेका थिए । नेपाली उपभोक्तामाझ स्वादिलो र गुणस्तरीय बेकरी परिकार पेश गर्ने ध्येयले फ्रान्सबाट कच्चा पदार्थ ल्याएर अनेकथरी परिकार बनाउँदै आएको छ । साथै इटाली, बेलायतसहित युरोपका विभिन्न देशबाट उनले आवश्यक कच्चा पदार्थ मगाउने गरेका छन् । विनोदका अनुसार उनले संसारकै स्तरीय चकलेट, नौनी र पीठोबाट बेकरी परिकार बनाउने गरेका छन् ।

काठमाडौंको बसुन्धरामा ६० लाख रुपैयाँको लगानीबाट थालेको यो व्यवसाय अहिले पुल्चोकको लबिम मल र पोखरामा बिस्तार भइसकेको छ ।

ओझाले फ्रान्सबाट बेकरीसम्बन्धी विशेष कोर्स गरेका छन् । फ्रान्सलाई बेकरीको हब मानिने भएकाले त्यहाँको सिकाइ प्रभावकारी हुने उनले बताए । ‘बेकरीको सही स्वाद चखाउनका लागि मैले फ्रान्समा १० दिनको प्राइभेट कक्षा लिएँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?