
३० जेठ, काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक ३१ र ३२ जेठमा बस्ने भएको छ ।
त्यसअघि आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । आजको बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिवेदन पारित गरेको छ ।
कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
सुशासन विभाग प्रमुख राजन चौलागाईंद्वारा प्रस्तुत भ्रष्टाचार निवारण नागरिक आयोग सम्बन्धी अवधारणा पत्र, विजय महासेठको तराई–मधेश उत्थानको निम्ति राप्रपा नेपालको कार्ययोजना र उपाध्यक्ष डा. विष्णु भण्डारीले कृषि विकास र भूमि व्यवस्थापन सम्बन्धी पार्टीको वैकल्पिक मोडल कार्यसम्पादनको बैठकमा प्रस्तुत भएको राप्रपा नेपालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4