+
+

अख्तियार र सीआईबीले अनावश्यक दुःख दिइरहेको छ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १७:१४

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले राजनीतिज्ञलाई दुःख दिन थालेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिको अपराधीकरण भइरहेको धारणा राखे ।

‘अहिले गम्भीर विषय के भएको छ, क्रिमिनलाइजेसन इन पोलिटिक्स । अत्यन्त गम्भीर भएर गइरहेको छ । तपाईंहरुले देखिरहनुभएको छ, सहकारी मात्रै होइन, धेरै ठाउँहरुमा अनावश्यक हिसाबले अख्तियारले, अनावश्यक हिसाबले निर्वाचन आयोगले, सीआईबीले दुःख दिइरहेको छ’ उनले भने ।

नेता कोइरालाले नेता र व्यापारीहरुलाई विभिन्न बहानामा दुःख दिने र दल फुटाइदिने जस्तो प्रवृत्ति देखिएको बताए । तर यो प्रवृत्ति धेरै नटिक्ने उनको भनाइ छ ।

‘दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान सक्दैन । राजनीतिज्ञ, ब्युरोक्रेट्स र व्यापारी, व्यवसायीहरु एक ठाउँमा उभिसकेपछि त्यो अत्यन्त गाह्रो हुन्छ’, उनले भने ।

नेता कोइरालाले कांग्रेसले सरकारमा जान हतार नगरेको जिकिर गरे । ‘हामी विपक्षमा छौं, हामीले विपक्षको भूमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन । आउने भए त्यसै आउँछ, होइन भने कोशिस गरेर मरिहत्ते गरेर जसरी जान खोजिरहेका छन् अन्य दलहरु हामी छैनौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?