+

टेबल टेनिसमा जयस्नु र सुरम्यलाई दोहोरो स्वर्ण

२०८१ जेठ  ३० गते १७:५० २०८१ जेठ ३० गते १७:५०
टेबल टेनिसमा जयस्नु र सुरम्यलाई दोहोरो स्वर्ण

३० जेठ, पोखरा । बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेका छन् । दुवैले डबल्स स्पर्धामा स्वर्ण जिते ।

पोखरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज डबल्स फाइनलमा जयस्नु र आर्यन शाहीको जोडीले बागमतीका रिजन शाक्य र एरिस शाक्यको जोडीलाई ११–९, ११–५, १०–१२ र ११–८ को सेटमा पराजित गरे ।

लुम्बिनीका सुविन क्षेत्री र सुविन थापा तथा गण्डकीका दीपनिशान शाही र स्वर्णिम तिमल्सिनाको जोडी तेस्रो भए ।

गर्ल्स डबल्सको उपाधि भिडन्तमा सुरम्य शाक्यले नर्मदा खाइतुको जोडीसंग मिलेर बागमतीकै प्राज्ना महर्जन र आस्मा महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराए ।

लुम्बिनीका सचिना पुरी र राशी बराल तथा गण्डकीका राजश्री अधिकारी र सक्रिय पोखरेलको जोडी तेस्रो बने ।

मिक्स डबल्सको फाइनलमा जयस्नु र सुरम्यको जोडीले बागमतीका रिजन शाक्य र नर्मदा खाइतुको जोडीलाई ८–११, ११–५, ९–११ र ११–८ र ११–७ को सेटमा पाखा लगाए ।

कोशीका गौतम तामाङ र सुलेखाकुमारी ठाकुर तथा लुम्बिनीका सुविन क्षेत्री र सचिना पुरीको जोडी तेस्रो  स्थानमा रहे ।

सातै प्रदेशबाट समान २८–२८ ब्वाइज/गर्ल्स गरी ५६ खेलाडी सहभागी छन् । टेबलटेनिसमा ५ स्वर्णका प्रतिस्पर्धा भइरहेको छ । बाँकी २ स्पर्धा ब्वाइज/गर्ल्सको सिंगल्स फाइनल बिहीबार हुनेछ ।

जयस्नु महर्जन टेबल टेनिस पोखरा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय