+
+

नेपालका ९९ प्रतिशत वडा प्राकृतिक विपद्को जोखिममा, बढी जोखिम बाढीको

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १७:२५
फाइल तस्वीर

३० जेठ, काठमाडौं । नेपालका ९९ प्रतिशत वडाहरू कुनै न कुनै प्रकारको विपद्‍बाट जोखिममा रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर रहेका ६ हजार ६४३ वडामध्ये ६ हजार ६६४ वडामा कुनै न कुनै प्रकारको प्राकृतिक विपद्को जोखिम रहेको पाइएको छ । सबैभन्दा धेरै जोखिम बाढीको रहेको पाइएको छ ।

कार्यालयले जनगणनाको सामुदायिक प्रश्नावलीमा १६ वटा जोखिम उल्लेख गरेर विवरण भरेको थियो । जसमध्ये ६३.३ प्रतिशत वडाले बाढीको जोखिम रहेको उल्लेख गरेका छन् ।

सबैभन्दा कम वडामा भने हिमताल विस्फोटनको जोखिम रहेको पाइएको छ । प्रदेशगत रूपमा हेर्दा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै वडा बाढी र पहिरोको जोखिममा देखिन्छन् ।

देशभरि पहिरोको जोखिम रहेका वडा ५९.७ प्रतिशत आँधी र हुरीबतासको जोखिममा ५२.६ प्रतिशत, वन डढेलोको जोखिममा ३६.७ प्रतिशत, आगलागीको जोखिम ३६ प्रतिशत, असिना ३५.६ प्रतिशत, डुबान २८.९ प्रतिशत र भूक्षयको जोखिम २४.१ प्रतिशत वडामा देखिएको छ ।

असिना र चट्याङ्‍गको जोखिम क्रमशः ३५.६ र ३३ प्रतिशत वडामा रहेको छ । अतिवृष्टिको जोखिम ६.२ प्रतिशत, खण्डवृष्टि ३.५ प्रतिशत, शितलहर २१.९ प्रतिशत र सुक्खा पहिरोको जोखिम ३६.५ प्रतिशत रहेको छ ।

लूको जोखिम ३ प्रतिशत वडामा रहेको पाइएको छ । हिमपहिरो १.४ र हिमपात विस्फोटनको १.२ प्रतिशत वडामा जोखिम देखिन्छ । कुनै पनि जोखिम नभएको वडाको संख्या १.२ प्रतिशत रहेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?