+
+

सिंहदरबारभित्रै बालश्रम, काठमाडौं महानगरले गर्‍यो ५ जनाको उद्धार (तस्वीरहरू)

सिंहदरबारभित्रका विभिन्न खाजा घर (क्यान्टिन) अनुगमन गरेको महानगर टोलीले त्यहाँ काम गर्ने पाँच बालश्रमिक उद्धार गरेको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८१ जेठ ३० गते १८:०६

३० जेठ, काठमाडौं । सिंहदरबारभित्रै काठमाडौं महानगरले पाँच जना बालश्रमिकको उद्धार गरेको छ ।

बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घर (क्यान्टिन) अनुगमन गरेको महानगर टोलीले त्यहाँ काम गर्ने पाँच बालश्रमिक उद्धार गरेको हो ।

केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको महानगर बुधबार सिंहदरबारभित्र अनुगममा गएको थियो । अहिले पनि महानगर टोली सिंहदरबारभित्र अनुगमनमा छ ।

काठमाडौंका विभिन्न क्षेत्रमा बालबालिकामाथि शारीरिक तथा श्रम शोषण भइरहेको सूचना प्राप्त भएपछि उनीहरूको उद्धारका लागि महानगरले एक वर्ष लगाएर ‘बाल संरक्षण तथा बालअधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ ।

अहिले सोही कार्यविधि अनुसार स्वयंसेवक खोजी, पीडित बालबालिका खोजीदेखि उद्धार र दीर्घकालीन व्यवस्थापन गर्न लागिएको हो ।

 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?