+
+

असल चालनचलनमा छुटेका कैदी २३ वर्षपछि फेरि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १८:१९

३० जेठ, काठमाडौं । असल चालचन भन्दै प्रजातन्त्र दिवसको दिन छुटेका कैदी २३ वर्षपछि फेरि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–१ घर भएका ७२ वर्षीय केदार भनिने दुर्गबहादुर दमाई र सोही ठाउँका ५३ वर्षीय साधुराम भनिने खड्गबहादुर दमाई छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तानका लागि उनीहरुलाई काठमाडौं जिल्ला अदालत पेश गरिएको छ ।

दोखलामा व्यक्ति हत्या गरेको आरोपमा २५ माघ २०५३ मा उनीहरुविरुद्ध जिल्ला अदालत दोलखाले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । कारागार व्यवस्थापन विभागको सिफारिस अनुसार असल चालचलन भएको भन्दै प्रजातन्त्र दिवस दिनको ७ फागुन २०५६ मा उनीहरु कारागारबाट छुटेका थिए ।

कैदी माफी मिनाहाबाट उनीहरु छुटेपटि पीडित पक्षले पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेका थिए ।

सर्वोच्चले ७ मंसिर २०५८ मा कैदी माफी मिनाहा उल्टाउँदै जिल्लाकै फैसला सदर गरेको थियो । त्यसयता फरार रहेका उनीहरुलाई प्रहरीले २३ वर्षपछि काठमाडौंबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?