+

साफ यु–२० च्याम्पियनसिपमा नेपालले उद्घाटन खेल श्रीलंकासँग खेल्ने

२०८१ जेठ  ३० गते १८:३८ २०८१ जेठ ३० गते १८:३८
साफ यु–२० च्याम्पियनसिपमा नेपालले उद्घाटन खेल श्रीलंकासँग खेल्ने

३० जेठ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिपमा घरेलु टिम नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।

दक्षिण एसियाली फुटबल (साफ) ले बुधबार निकालेको खेल तालिका अनुसार पहिलो खेल साउन ३२ गते दिउँसो २ बजे हुनेछ ।

सोही दिन साँझ ६ बजे बंगलादेश र पाकिस्तानबीच पनि खेल हुनेछ । नेपालले समूह ए मा ३ खेल खेल्नेछ ।

नेपालले दोस्रो खेल भदौ ३ मा पाकिस्तानसँग र भदौ ६ मा बंगलादेशसँग खेल्नेछ । समुह ए मा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।

समुह बीमा भारत, माल्दिभ्स र भुटान रहेको छ ।

श्रीलंका साफ यु-२० च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय