
३० जेठ, हेटौंडा । हेटौंडाका सबै सामुदायिक, संस्थागत र बाल विकास केन्द्रहरू गर्मीका कारण दुई दिन बन्द गरिने भएको छ ।
हेटौंडा उपमहानगरपालिकाले गर्मीका कारण विद्यार्थी बिरामी हुने क्रम बढेको र पठनपाठनमा असहजता भएको भन्दै दुई दिन बिदा दिने निर्णय गरेको हो ।
३१ र ३२ जेठ दुई दिन सबै विद्यालय र बाल विकास केन्द्रहरू बन्द गर्ने निर्णय गरेको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
दुई दिनको गर्मी बिदा बर्खे बिदाबाट कट्टा हुने गरी मिलाइएको उपमहानगरका शिक्षा निर्देशक सिताराम कोइरालाले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4