+
+

अवकास कोषमा जम्मा गरेको ५ लाखसम्मको आयकर तिर्नु नपर्ने

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायत अवकास कोषमा जम्मा गरेको ५ लाख रुपैयाँसम्मलाई करयोग्य आयबाट घटाउन पाइने छ, जुन मासिक ४१ हजार ६ सय ६६ रुपैयाँ हुन आउँछ । 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १९:०८

३० जेठ, काठमाडौं । तलबी कर्मचारीले अवकास कोषमा जम्मा गरेको वार्षिक ५ लाख रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाउने भएका छन् ।

सरकारले बुधबार सार्वजनिक गरेको आयकर नियमावली संशोधनले यस्तो व्यवस्था गरेको हो । यसअघि वार्षिक ३ लाखसम्म यसरी घटाउन पाउने व्यवस्था थियो ।

यो भनेको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायत अवकास कोषमा मासिक ४१ हजार ६ सय ६६ रुपैयाँसम्म राखेर त्यसलाई करयोग्य आयबाट घटाउन पाइने छ ।

यस अनुसार वार्षिक १५ लाखसम्म तलब खाने करदाताले ५ लाख रुपैयाँ अवकास कोषमा राखी त्यो घटाएर १० लाखको मात्रै आयकर तिरे पुग्ने भएको हो ।

सरकारले आयकर नियमावली संशोधन गर्दै अवकास कोषहरूमा वार्षिक योगदान गर्दा वार्षिक ५ लाख रुपैयाँ वा कर निर्धारण योग्य आयको एक तिहाइ जुन घटी हुन्छ, त्यो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्ने व्यवस्था गरेको छ ।

यसअघि मासिक २५ हजार रुपैयाँसम्म अवकास कोषमा राख्दा त्यसमा कर छुट हुने गरेकोमा अब यस्तो रकम ४१ हजार ६ सय ६६ रुपैयाँ पुगेको छ ।

तर, वार्षिक १५ लाखभन्दा कम आय हुनेले भने अवकाश कोषमा राखेको रकममध्ये आफ्नो कुल आयको एक तिहाइ मात्रै करयोग्य आयबाट घटाउन पाउनेछन् ।

अर्थात्, कसैको वार्षिक आय १२ लाख रुपैयाँ छ भने यसले अवकास कोषमा राखेको ४ लाख रुपैयाँ मात्रै करयोग्य आयबाट घटाउन पाउने छ भने ८ लाख रुपैयाँको आयकर तिर्नुपर्ने छ ।

सरकारले करदाताको आयअनुसार न्यूनतम १ प्रतिशतदेखि अधिकतम ३९ प्रतिशतसम्म विभिन्न स्ल्याबमा आयकर लिँदै आएको छ ।

अर्थात्, करदाताले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा कम्पनीहरूले सञ्चालन गर्ने अन्य स्वीकृत अवकास कोषमा गरेको योगदान रकम कुल करयोग्य रकममा घटाउन पाउँछन् ।

साथै, आयकर नियमावली संशोधन मार्फत करदाताले उपचारमा गरेको खर्चलाई कर मिलान गर्न पाउने सीमा पनि बढाएको छ । यसअघि उपचार खर्चबापत ७ सय ५० रुपैयाँसम्म कर मिलान गर्न पाउने व्यवस्था रहेकोमा अब त्यसलाई दोब्बर बनाई १ हजार ५ सय रुपैयाँ पु¥याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?