+
+

‘पुष्पा २’को रिलिज मिति पछि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १९:३३

काठमाडौं । ३१ साउनमा पुष्पराज र श्रीवल्लीबीचको जादुयी केमेस्ट्री हेर्न दर्शक अधैर्य भैरहेको बेला फिल्मको रिलिज स्थगित भएको चर्चा चलेको छ । हो, तपाईंले त्यो सही पढ्नुभयो ।

प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । तेलुगु ३६० को रिपोर्टअनुसार, सुकुमारको एक्सन फिल्मको रिलिज स्थगित गरिएको छ ।

सुकुमार र उनको टोलीले सिक्वेलका लागि केही दृश्य पुनः डिजाइन गरेका छन् जसको छायांकन अहिले चलिरहेको छ । यसबाहेक, फिल्ममा खलपात्रको भूमिका निर्वाह गर्ने अभिनेता फहद फासिलले हालैमात्र आफ्नो छायांकन मितिबारेबारे जानकारी पाए र अहिले सुटिङ गरिरहेका छन् ।

दृश्य सम्पादक कार्तिक श्रीनिवासले निर्माण छाडेकाले नवीन नुली फिल्मको फाइनल कटमा काम गरिरहेका छन् । यसैबीच, सुकुमार भिजुअल इफेक्टको कामबाट प्रभावित नभएको देखिन्छ, त्यसैले पोस्ट–प्रोडक्सनको काम पुरा गर्न धेरै समय लाग्न सक्छ ।

यी रिपोर्टलाई विचार गर्दा, ‘पुष्पा २’को रिलिज रोकिएको छ । यद्यपी यसबारे निर्देशक वा कलाकारले अहिलेसम्म कुनै पुष्टि गरेका छैनन् । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर ‘पुष्प २ ः द रुल’ सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा : द राइज’को दोस्रो सिक्वेल हो । यी दुबै फिल्मको निर्देशक सुकुमार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?