+
+

जसपा नेपालको सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते २०:३१
बायाँबाट क्रमश: राजकिशोर यादव, रकम चेम्जोङ र लालबाबु राउत ।

३० जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

सहअध्यक्ष पदका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपा नेपालको जारी एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा अध्यक्ष बाहेकको पदका लागि निर्वाचन हुँदैछ । अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भइसकेका छन् ।

पाँच उपाध्यक्ष पदका लागि २३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै दुई महासचिवका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

महासचिवका लागि बोमबहादुर दर्लामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोककुमार यादवको उम्मेदवारी परेको छ ।

सहमहासचिवमा खुलातर्फ डा. सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा. जयप्रकाश राई यादव र जयराम यादवले उम्मेदवारी दिएका छन् ।

सहमहासचिव महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उम्मेदवारी परेको छ । यस्तै सचिवमा ३४ जनाले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?