+
+

झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिन खोज्ने ३ भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते २०:२६

३० जेठ, काठमाडौं । झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिन खोजेको आरोपमा तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत घर भई काठमाडौं बस्दै आएका ५१ वर्षीय हरियोम गुप्ता भनिने हरिओम कुमार, २० वर्षीय ऋषि गुप्ता र १८ वर्षीय हर्ष गुप्ता छन् ।

पक्राउ परेका तीन जना बाबुछोराहरु हुन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीहरुले झुटा विवरण पेश गरेर वंशजको नेपाली नागरिकता लिने खाजेकोे परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

२९ जेठमा हर्ष र ऋषिले आफूसँगै व्यापार गर्दै आएका बाबु हरिओम वेपत्ता भएको झुटो विवरण बनाउँदै भारतीय नागरिक रहेको तथ्यलाई लुकाएर वडाबाट सर्जिन मुचुल्का समेत बनाएर नेपाली वंशजको नागरिकता लिन फारम भरेको प्रहरीले जनाएको छ ।

वंंशजको नागरिकताका लागि अनसूची १ को फारम समेत भरेर पेश गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध नागरिकता सम्बन्धी ऐनको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?