+
+

बालश्रमिक राखेको भन्दै प्रदेश सांसदविरुद्ध प्रहरीमा जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते २०:३४

३० जेठ, काठमाडौं । घरमा बालश्रमिक राखेको भन्दै एक जना प्रदेश सांसदविरुद्ध जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा जाहेरी दर्ता भएको छ ।

लुम्बिनी प्रदेशसभाकी सांसद रेखाकुमारी शर्माले पीडित ८ वर्ष हुँदादेखि घरेलु श्रमिकका रुपमा राखेर बालबालिका ऐनविरुद्धको कसुर गरेको भन्दै जाहेरीमा उल्लेख छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले भने जाहेरीको विषयमा बताउन चाहेनन् । तर, काठमाडौं प्रहरीका अर्का एक अधिकृतका अनुसार, काठमाडौं महानगरपालिकाले बालश्रमविरुद्ध चलाएको अभियानका क्रममा पीडितको उद्दार गरिएको थियो ।

‘उद्दार भएपछि महानगरबाटै बालश्रमिक राख्नेविरुद्ध पनि जाहेरी परेको हो’, ती अधिकृतले भने, ‘जाहेरी दर्ता गरेर विस्तृत अनुसन्धान थालेका छौं ।’ बुधबार बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि हो ।

महानगरले चलाएको अभियानका क्रममा काठमाडौंबाट कम्तीमा ३० जना बालश्रमिकको उद्दार गरिएको छ भने श्रमिकका रुपमा राखिएकी एक किशोरीमाथि बलात्कार भएको पनि फेला परेको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका वहालवाला इन्स्पेक्टर विदुर शिवाकोटी अहिले पनि हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?