+
+

यस्तो देखियो ‘भ्वाइस किड्स’ सिजन ३ को प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते २१:०१

काठमाडौं । गायन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ३ को प्रिमियर गरिएको छ । बुधबार वान सिनेमाज हलमा आयोजित प्रिमियर समारोहमा प्रसारण च्यानल हिमालय टिभी र प्रायोजकबीच लिखित सम्झौता पनि भयो ।

सिजन ३ को मुख्य प्रयोजक वात्सालय नेचुरल आइभीएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र हिमालय टिभीका अध्यक्ष धर्मराज भुषालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त अवसरमा अन्य प्रायोजकसँग पनि हिमालय टिभीले लिखित सम्झौता गरेको छ । कार्यक्रममा निर्देशक लक्ष्मण पौडेल, शोका जजहरु प्रमोद खरेल र छेवाङ लामा पनि सहभागि थिए ।

प्रिमियरमा तेस्रो सिजनको पहिलो एपिसोड स्क्रिनिङ गरिएको थियो । तेस्रो सिजनलाई रोनिस्मा श्रेष्ठले होस्ट गर्नेछिन् । प्रमोद र छेवाङबाहेक मेलिना राई र मिलन नेवार पनि जजको रुपमा छन् ।

तेस्रो सिजनको प्रसारण शुक्रबार राती ८ बजेदेखि हिमालय टिभीमा ब्लाइन्ड अडिसनदेखि सुरु हुनेछ । ब्लाइन्ड अडिसनबाट ४८ जना प्रतिस्पर्धी छनोट हुनेछन् ।

द ब्याटल, लाइभ शो, सेमीफाइनल र फिनाले तय छन् । साउन ३२ गते हुने फिनालेमा तेस्रो सिजनले विजेता पाउनेछ ।

दुई महिना चल्ने तेस्रो सिजनमा नयाँ विशेषता थपिएको छ । ‘भ्वाइस अफ नेपाल’मा जस्तै यो सिजनदेखि भ्वाइस किड्समा पनि पहिलोपटक कोचलाई ब्लकको अधिकार प्रदान गरिएको छ ।

लाइभ शोमा २४ जनाले प्रवेश पाउनेछन् । साथै, एक जना कोचले ब्याटलमा दुई जनालाई स्टिल गर्न पाउने सुविधा पनि थपिएको छ ।

प्रतियोगितामा ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले प्रतिस्पर्धा गर्न पाउनेछन् । ‘यो बच्चाको शो होइन । तर बच्चा चाहिं कन्टेन्टको रुपमा प्रयोग हुन्छन्,’ निर्देशक पौडेलले भने । यसपटक नेपालसहित भारत र अमेरिका लगायतको मुलुकका बाल प्रतियोगी पनि यो सिजनमा देखिनेछन् ।

सिजन ३ को मुख्य प्रायोजकमा वात्सल्य नेचुरल आइभीएफ रहँदा पावर्ड बाई अलआउट र एनआइसी एसिया बैंक छन् । सह-प्रायोजकमा करेन्ट इन्स्टान्ट नुडल्स छन् ।

पिम्पल केयर पार्टनर एक्निज, स्किन ट्रिटमेन्ट पार्टनर ‘लेट मी इन’, न्युट्रिसन पार्टनर ‘नेबिको’ र भोटिङ पार्टनरको रुपमा खल्ती छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?