+
+

श्रमाधान मेलामा साढे २७ हजारले दिए रोजगारीका लागि आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते २१:१३

३० जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले जेठ १७ गतेदेखि सुरु गरेको श्रमाधान रोजगार मेला सकिएको छ ।

कोशी प्रदेशदेखि सुरु भएको रोजगार मेला सातवटै प्रदेशमा दुई दुई दिन सञ्चालन भएको थियो । बुधबार बागमती प्रदेशको भक्तपुरमा पुगेर उक्त मेला समापन गरिएको छ ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले देशभरका सातैवटा प्रदेशमा मेला सञ्चालन गरेको थियो ।

मेलामा सातवटा प्रदेशमा गरी साढे २७ हजार बढी युवाले रोजगारीका लागि आवदेन दिएका छन् । मेलामा करिब ५० हजार बढीले अवलोकन गरेको मन्त्रालयको जनाएको छ ।

निजी क्षेत्रसँगको समन्वयमा सातैवटा प्रदेशमा आयोजना गरिएको रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगार र सीप सम्बन्धी जानकारी दिने उद्देश्यले रोजगारसम्बन्धी तालिम प्रदायक संस्था, बैंक तथा वित्तीय संस्था, बिमा, निजी उद्योगहरु, नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेशका मन्त्रालय, स्थानीय तह लगायत स्टलहरु राखिएका थिए ।

जसमा स्वास्थ्य क्षेत्र, उत्पादन मुलुक क्षेत्र, होटल, अटोमोबाइल, बैंक लगायतका विभिन्न क्षेत्रका निजी कम्पनीहरुले पनि स्टलहरु पनि राखिएका थिए । उक्त मेलमा रोजगारीको खोजी गरी रहेका युवाहरुलाई रोजगारी र सीप सम्बन्धी स्टलहरु अवलोकन गरे भने रोजगारीका लािग आवदेन समेत दिएका छन् । त्यस्तै रोजगार मेलामा रोजगारदाताले समेत आवश्यक श्रमिकको माग गरेका छन् ।

रोजगार मेलाले रोजगारीको खोजीमा रहेको युवा र रोजगारदाताबीच अन्तर्क्रिया र समन्वयको काम गरेको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजाल बताउँछन् । उनले रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु बनेको बताए ।

कुन प्रदेशमा कतिले दिए आवेदन ?

श्रमाधान मेला अन्तर्गत जेठ १७ र १८ गते कोशीको प्रदेशको विराटनगरमा भएको मेलामा आयोजना गरिएको थियो । जहाँ पाँच हजार भन्दा धेरैले अवलोकन गरेका छन् । करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिए भने ४० जनाको रोजगारी सुनिश्चित भएएको थियो । २५० धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् ।

त्यस्तै मधेश प्रदेशको जनकपुरमा आयोजना गरेको मेलामा दुई हजार जनाले आवदेन दिएका छन् भने २४७ जनालाई अन्तर्वार्ताका लागि बोलाइएको छ ।

त्यस्तै गण्डकी प्रदेशको पोखरामा भएको मेलामा एक हजार तीन सयले आवेदन छन् भने मेलामा ५ हजार भन्दा बढीले अवलोकन गरेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको बुटवलमा भएको आठ हजारले अवलोकन गरेका छन् । मेलामा ३ हजार ८ सयले आवदेन दिए भने एक हजार जनाको लागि रोजगारी सुनिश्चित भएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा भएकोे मेलामा तीन हजार ५०० जनाले अवलोकन गरेका छन् । ती मध्ये २६३ जनाले रोजगारीको लागि आवेदन दिएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा भएको रोजगार मेलामा १० हजारले अवलोकन गरे भने १ हजार १३३ जनाले रोजगारीको सुनिश्चिता पाएका छन् । मेलामा ४ हजार १६६ जनाले रोजगारीको लागि आवेदन दिएका छन् ।

यस्तै बागमतीको ललितपुरमा भएको मंगलबार र बुधबार चलेको मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् ।

मन्त्रालयले निजी क्षेत्र उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटेल एसोसिएसनलगायत रोजगारी प्रदायक उद्योगीसँग समन्वय गरी मेला आयोजना गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?