+

अमेरिकालाई हराउँदै भारत सुपर-८ मा

२०८१ जेठ  ३० गते २३:५६ २०८१ जेठ ३० गते २३:५६
अमेरिकालाई हराउँदै भारत सुपर-८ मा

३० जेठ, अमेरिका । भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु टोली अमेरिकालाई ७ विकेटले हराउँदै सुपर-८ मा स्थान बनाएको छ । लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो ।

१११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सूर्यकुमार यादव ४९ बलमा २ चौका र २ छक्कासहित ५० तथा शिबम दुबे ३५ बलमा १ चौका र १ छक्कासहित ३१ रनमा नट आउट रहे । चौथो विकेटलाई दुबे र सूर्यले ६५ बलमा ६७ रनको साझेदारी गरेका थिए ।

ओपनर विराट कोहली शून्य र कप्तान रोहित शर्मा ३ रनमा आउट भए । ऋषभ पन्त २० बलमा १ चौका र १ छक्कासहित १८ रनमा अली खानको बलमा बोल्ड आउट भए । अमेरिकाका सौरभ नेत्रवालकरले २ र अली खानले १ विकेट लिए ।

त्यसअघि न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अमेरिकाका नितेश कुमारले २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । ओपनर स्टिभ टेलरले ३० बलमा २ छक्कासहित २४, आरोन जोन्स ११, कोरी एन्डरसन १५, हरमीत सिंह १० र शाड्ली भान शाक्लीले ११ रन बनाए ।

भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पान्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए । समूह डी बाट दक्षिण अफ्रिका र समूह बी बाट अष्ट्रेलिया पनि लगातार तेस्रो जितका साथ सुपर ८ मा स्थान बनाई सकेका छन् ।

समूह ए मा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिकाले १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ । उक्त खेलमा अमेरिका विजयी भएमा वा वर्षाको कारण रद्द भएमा पनि सुपर-८ मा पुग्नेछ । यदि अमेरिका पराजित भएमा पाकिस्तानको सुपर-८ सम्भावना नेटरनरेटमा भरपर्नेछ । पाकिस्तान ३ खेलमा २ मा हार र १ मा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । क्यानडा ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड २ खेलमा जित विहीन छ ।

आईसीसी टी–२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय