+
+

गुल्मीको छल्दी खोलामा अलकत्रा प्लान्टबाट प्रदूषण बढेको भन्दै रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते ७:३९

३१ जेठ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिक–२ छल्दीमा अलकत्रा पकाउने मेसिनबाट निस्केको धुवाँले स्थानीयलाई असर गरेको भन्दै बन्द गरिएको छ । उक्त प्लान्टबाट निस्केको धुँवाले प्रदुषण बढेको र स्थानीयलाई पनि असर गरेको मौखिक उजुरी परेपछि प्लान्ट बन्द गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

प्लान्ट दर्ता, नवीकरण भए÷नभएको लगायत कानुनी प्रक्रियाबारे अनुसन्धान गरिने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । प्लान्टबाट निस्केको धुवाँले नजिकै रहेका पालुखा माध्यमिक विद्यालय र नमुना आधारभूत विद्यालयमा पढने विद्यार्थीहरुलाई समेत समस्या हुने गरेको थियो ।    स्थानीयले पटक–पटक पालिकामा प्लान्टबाट निस्केको धुवाँले समस्या हुँदै आएको मौखिक उजुरी दिए पनि कारवाही भएको थिएन ।

इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले पनि कालोपत्रे गर्ने सामाग्री पकाउने प्लान्ट बन्द गर्न प्रशासन र प्लान्ट सञ्चालकलाई आग्रह गर्दा पनि अटेरी गरेपछि आफ्नै गाडी सडकमा तेर्साएर प्लान्टबाट सामाग्री लैजाने टिपर र ट्याक्टरलाई रोकेका थिए ।

स्थानीयले प्लान्ट बस्ती नजिकै नराखिदिन आग्रह गर्दा पनि अटेरी गरेपछि प्लान्ट सञ्चालनमा रोक लगाइएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । पोहोरदेखि सञ्चालन गरिएको उक्त प्लान्टले कुनै स्वीकृति पनि नलिएको पालिकाले जनाएको छ ।

छल्दी खोलामा रहेको प्लान्टमा कालोपत्रे गर्ने सामग्री पकाउने र तम्घासका विभिन्न स्थानहरुमा कालोपत्रे गर्ने कार्य हुँदै आएको छ । अहिले कालोपत्रे गर्ने प्लान्ट राखिएको स्थानमा केही वर्षअघि क्रेसर मेसिन सञ्चालन गरिएको थियो । त्यतिबेला ध्वनी प्रदूषण भएको भन्दै स्थानीयको विरोधपछि अन्यत्रै स्थानान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?